पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै भाद्र ३१ गते सम्मका लागि थप गरेको छ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले कास्कीमा संक्रमण दर बढी नै रहेको कारण देखाउँदै त्यसको फैलावटलाई रोक्नका लागि जारी निषेधाज्ञा भाद्र ३१ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी विज्ञप्ति अनुसार अब कास्कीमा सवारीमा जोर विजोर प्रणाली हटेको छ। तर, स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु राख्न पाइने छैन, साथै तोकिएका मापदण्डलाई अनिवार्य पालना गर्नुपर्नेछ।
यस्तै, सरकारी तथा निजी, गैर सरकारी संस्थाहरुले गोष्ठी, तालिम, सेमिनार तथा प्रयोगात्मक परीक्षा जस्ता कार्यक्रमहरु प्रशासनलाई जानकारी गराउंदै, स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरेर बढीमा २५ जना सहभागी भएर कार्यक्रम गर्न सक्नेछन्।
तर, अझैपनि सिनेमा हल, पार्टी प्यालेस, नाचघर, क्लब, दोहोरी साँझ, रंगशाला, फुटपाथ पसलहरु भने खोल्न पाइने छैन भने, संस्कारजन्य कार्यक्रमहरु पनि पार्टी प्यालेस तथा होटलमा संचालन गर्न पाइने छैन।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन