पोखरामा लगातार वर्षाले विभिन्न ठाउँमा क्षति पुगेको छ । पोखरा महानगरपालिका वडा नं. २२ पुम्दी भुम्दी, भ्यूपोइन्ट क्षेत्रमा सिद्धार्थ राजमार्गमा ठूलो पहिरो गएको छ ।
मध्येराति १२ बजेतिर पहिरो जाँदा सिद्धार्थ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । मूल सडकमुनीसम्म पहिरो पुग्दा सहायक बाटोहरुमा पनि क्षति पुगेको छ । राजमार्ग माथिबाट खसेको पहिरोले सडक पुरिनुका साथै सडकको तल्लो भागमा रहेका पशुपन्छीका खोरहरू र सहायक बाटाहरूमा समेत असर पुगेको पोखरा २२ का वडा सदस्य मात्रिका बरालल जानकारी दिए ।
पहिरोका कारण राजमार्गमा दुबैतर्फ सवारीसाधन जाममा परेका छन् । सहायक बाटाहरू बन्द हुँदा स्थानीय कृषकको दूध, तरकारी तथा डेरीको दूध आपूर्तिमा समस्या उत्पन्न भएको बरालले बताए ।
बिजुलीको मुख्य प्रसारण लाइनको पोल खस्दा बिद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएको छ । पहिरो हटाई राजमार्ग खुलाउन प्रयास भइरहेको वडा सदस्य बरालले जानकारी दिए ।
सम्बन्धित खबर
प्याब्सन स्पोर्टस् मिट: हिमालयन बोर्डिङ र सरस्वती आदर्श च्याम्पियन
मौलिक भाषा र संस्कृति सिकाउन निजी विद्यालयले जोड दिनुपर्छः प्रदेश प्रमुख भट्ट
कानुनका विद्यार्थीले सुने कान्छा न्यायाधीशको अनुभव
तप्राङ्मा स्वास्थ्य शिविर
शुक्लाले गर्यो पत्रकार र सहयोगीलाई सम्मान
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
घट्यो सुनको मूल्य