नेपाली सेनामा भर्ना खुलेको छ। सेनाले शुक्रबार एक सूचना जारी गर्दै चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको हो। सबैभन्दा बढी खुलातर्फ २ हजार ९६ सिट संख्या छ।
यसैगरी, कर्तव्यपालनको सिलसिलामा अशक्तरमृत्यु भएका नेपाली सेनाका सन्ततिका लागि १०८, महिलाका लागि ३६०, आदिवासी जनजातिका ५७३, मधेसीका लागि ५०५, दलितका लागि २७३ र पिछडिएका क्षेत्रका लागि ८५ सिट छुट्याइएको छ।योग्यता पुगेका उम्मेदवारले १६ असोजसम्म दरखास्त पेश गर्न सक्नेछन् ।
भने २४ असोजसम्म दोब्बर दस्तुर बुझाएर पनि दस्खास्त दिन सकिनेछ। दरखास्त जंगी अड्डाको हकमा नारायणहिटीस्थित नेपाल क्याभलरी र उत्तरतर्फको खेल मैदान तथा अन्य भर्नाकेन्द्रमा सम्बन्धित केन्द्रमै दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।सैन्य पदका लागि दरखास्त दिन कम्तिमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ।
पुरुषको हकमा उचाईँ न्यूनतम पाँच फिट तीन इन्च र महिलाको हकमा पाँच फिट हुनुपर्नेछ। पुरुषको हकमा तौल ५० किलो र महिलाको हकमा ४० किलो कायम गरिएको छ। यसैगरी, पुरुषको हकमा छाती नफुलाउँदा न्यूनतम ३२ इन्च र फुलाउँदा ३४ इन्च हुनुपर्नेछ।

सम्बन्धित खबर
सरकारले नै अब जागिर र कर्मचारी खोज्न सघाउने, प्रधानमन्त्रीले शुभारम्भ गरे ‘श्रम संसार’
सामाजिक सुरक्षा कोषले निर्देशकदेखि कम्युटर अपरेटसम्म २९ कर्मचारी माग्यो
लोकसेवा खुल्यो, अधिकृत, उपसचिवदेखि सहसचिवसम्म दरखास्त आह्वान
गण्डकीमा कानुन पढेकालाई जागिरको अवसर, न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान
स्वास्थ्य बीमा बोर्डले माग्यो करारमा कर्मचारी
कोरियन भाषा परीक्षाको आवेदन खुल्यो
यो पनि पढौँ
श्रीमति मारेर जेल परी निस्किएका धादिङका बाबुकाजीले ८८ वर्षीय ठूलोबुवा पनि मारे
स्याङ्जामा सवारीसाधन चालकलाई लापसे चेकजाँच सुरु
तनहुँको शेरामा ईभी हाइस दुर्घटना
कास्की केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प