तनहुँकी ३३ वर्षीया महिलासँगै गण्डकीमा थप ६ जनाको मृत्यु पुष्टि, ९२ जनामा संक्रमण

तनहुँकी ३३ वर्षीया महिलासँगै गण्डकीमा थप ६ जनाको मृत्यु पुष्टि, ९२ जनामा संक्रमण

covid-19-corona

आइतबार गण्डकीका ९२ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ९०४ जनामा गरिएको नमुना परीक्षणमा थप ९२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका सात जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३९ जना, तनहुँका पाँच जना र लमजुङका १७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका नौ जना, पर्वतका पाँच जना, बागलुङका १० जना र म्याग्दी जिल्लाका सात जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८२ हजार ४२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ३२८ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७८ हजार ७०७ पुगेको छ।

आइतबार गण्डकीमा थप छ जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ।

आज मृत्यु पुष्टि हुनेमा तनहुँका एक जना, बागलुङका एक जना, पर्वतका एक जना, कास्कीका एक जना, स्याङ्गजाका एक जना र पर्वतका एक जना छन्

आज मृत्यु पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या १३१२ पुगेको निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ