असोज १ गतेदेखि काठमाडौं उपत्यकामा विद्यालय सञ्चालन हुने

असोज १ गतेदेखि काठमाडौं उपत्यकामा विद्यालय सञ्चालन हुने

school

असोज १ गतेदेखि काठमाडौं उपत्यकामा विद्यालय सञ्चालन हुने भएका छन् । सोमबार दिउँसो काठमाडौं सिडिओ लगायत उपत्यकाका स्थानीय तहहरूबीच भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो।

स्थानिय तहको समन्वयमा नगर विकास समितिको सिफारिसमा असोज १ गतेदेखि काठमाडौं उपत्यकाका विद्यालय सञ्चालन गर्न दिने अनुमति दिएको काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।  उनले भने – ‘उपत्यकाका स्थानीय तहहरूले अभिभावक र शिक्षकसँग छलफल गरेर कोभिडको अवस्था मूल्यांकन गरी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी गरिएको हो।’

विद्यालय सञ्चालन गर्दा नगरपालिकाहरूले अनिवार्य सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने र सोको पालना भए नभएको भनेर नियमित नियमन गर्नुपर्ने उनले बताए ।

जिल्ला प्रशासन कार्यालयले अघिल्लो साता नै उपत्यकामा विद्यालय सञ्चालन गर्न सक्ने गरी आदेश जारी गरेसँगै स्थानीय तहहरूले विद्यालय खोल्ने तयारी गरेका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ