खाल्डोमा पुरिएर कुवेतमा दुई नेपालीको मृत्यु

खाल्डोमा पुरिएर कुवेतमा दुई नेपालीको मृत्यु

तस्वीर : आइमान माट

तस्वीर : आइमान माट

कुवेतको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा बालुवा र ग्राभेलको थुप्रोमुनि पुरिएर दुई नेपाली श्रमिकको मृत्यु भएको छ ।

बुधबार साँझ ६ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल(२ को निर्माण स्थलमा व्यस्त कामदारहरूमाथि बालुवा र ग्राभेलको थुप्रोले पुरिएर दुई नेपालीले ज्यान गुमाएका छन् । अर्का एक नेपालीको उद्धार गरिएको त्यहाँको फायर फोर्स विभागले जनाएको छ ।

कुवेती फायर फोर्सका अनुसार झन्डै चार घण्टादेखि चलेको उद्धारपछि फायर फाइटर टिमले ६ मिटर गहिरो खाल्डोमा परी मृत्यु भएका दुई जनाको शव र एक जनालाई सकुशल उद्धार गरिएको जनाएको छ । घाइते तथा मृतकको परिचय खुलाइएको छैन ।

घटनालगत्तै त्यहाँका सार्वजनिक निर्माण मन्त्री र सूचना तथा संचार राज्यमन्त्री राना अल फारिस घटनास्थल पुगेका थिए ।

गत वर्ष पनि कुवेतको अल मुत्ला क्षेत्रमा निर्माणस्थलमा बालुवाको ढिस्को खस्दा ४ जना नेपाली कामदारको मृत्यु भएको भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ