गण्डकीका ९५५ जनाको परीक्षण गर्दा ९२ जना पोजेटिभ, १७० कोरोनामुक्त

गण्डकीका ९५५ जनाको परीक्षण गर्दा ९२ जना पोजेटिभ, १७० कोरोनामुक्त

corona-Update

बिहीबार गण्डकीका ९२ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ९५५ जनामा गरिएको नमुना परीक्षणमा थप ९२ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २३ जना, तनहुँका सात जना, गोरखाका ४० जना, लमजुङका पाँच जना र नवलपुरका एक जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका ११ जना, पर्वतका एक जना, बागलुङका तीन जना र म्याग्दी जिल्लाका एक जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८३ हजार ८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट १७० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७९ हजार ७६१ पुगेको छ।

बिहीबार गण्डकीमा थप तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। आज मृत्यु पुष्टि हुनेमा बागलुङका एक जना, स्याङ्गजाका एक जना र पर्वत जिल्लाका एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या १३२३ पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds