चट्याङ लागेर १ जनाको मृत्यु, ३ जना घाइते

चट्याङ लागेर १ जनाको मृत्यु, ३ जना घाइते

chatyang photo

रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बिहीबार साँझ मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका अन्दाजी १५ वर्षीय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको हो ।

यादवसित दुई जना खेतबाट घाँस काटेर आउने क्रममा चट्याङ लागेर ११ वर्षीय सन्तोष यादव घाइते भएका छन् । यसैगरी सोही समयमा मर्चवारी १ कोटहिहवाको इन्द्रवती यादव, माया यादव, गौरी यादव र विश्वनाथ यादव पनि चट्याङबाट घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds