गण्डकीमा अहिलेसम्म ८३ हजार १९९ जनामा संक्रमण, ८० हजार ४२ संक्रमणमुक्त

गण्डकीमा अहिलेसम्म ८३ हजार १९९ जनामा संक्रमण, ८० हजार ४२ संक्रमणमुक्त

Gandaki covid corona 5

शुक्रबार गण्डकीका ११५ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १०११ जनामा गरिएको नमुना परीक्षणमा थप ११५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ८१ जना, तनहुँका नौ जना, गोरखाका एक जना, लमजुङका छ जना र नवलपुरका पाँच जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका चार जना, पर्वतका दुई जना र म्याग्दी जिल्लाका सात जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८३ हजार १९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २८१ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८० हजार ४२ पुगेको छ।

शुक्रबार गण्डकीमा थप चार जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। आज मृत्यु पुष्टि हुनेमा कास्की अन्नपूर्ण गाउँपालिका -२ का एक जना, कास्की पोखरा महानगर -१३ का एक जना, तनहुँ ब्यास नगरपालिका – १४ का एक जना र स्याङ्गजा जिल्ला भिरकोट नगरपालिका -९ का एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या १३२७ पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ