गृहमन्त्रीसमेतकाे ‘सिफारिस’मा आफूले केही युवालाई प्रहरीमा जागिर खुवाएकाे भन्दै फेसबुकमा स्टाटस लेख्ने प्युठानका नरेन्द्र गुरुङ पक्राउ परेका छन् ।
देशभरबाट ४१ जना युवालाई प्रहरी जवान बनाउन आफूले गृहमन्त्री बालकृष्ण खाँणसहित प्युठानका स्थानीय कांग्रेस नेताहरूकाे समेत साथ पाएकाे भन्दै उनले फेसबुकमार्फत नाम सार्वजनिक गरेका थिए । उनले गृहमन्त्री बालकृष्ण खाँणको सहयोगमा प्युठानका ११ जना र देशभरबाट ४१ जनाको नाम निकाल्न सफल भएको फेसबुकमा लेखेका थिए ।
गुरुङले प्युठानबाट कांग्रेसका उपसभापति बद्री लम्सालले सिफारिस गरेको र युवाहरूलाई नाम निकाल्न गृहमन्त्री खाँणले सहयोग गरेको उल्लेख गरेका थिए । सहयोगका लागि भन्दै गृहमन्त्री खाँणलाई फेसबुकमै धन्यवाद दिएका थिए ।
पक्राउ परेका गुरुङलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइने केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त कुँवरले जानकारी दिए ।
सरकारी जागिरका लागि सिफारिस गर्नु वा कुनै निकायलाई दबाब दिनु गैरकानुनी मानिन्छ । यस्तो अवैधानिक काममा आफ्नो नाम मुछिएपछि गृहमन्त्री खाँडले गुरुङलाई नियन्त्रणमा लिन निर्देशन दिएका थिए । गुरुङ नेपाल विद्यार्थी संघका स्थानीय नेता भएको बताइएको छ ।

सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो