गृहमन्त्रीसमेतकाे ‘सिफारिस’मा आफूले केही युवालाई प्रहरीमा जागिर खुवाएकाे भन्दै फेसबुकमा स्टाटस लेख्ने प्युठानका नरेन्द्र गुरुङ पक्राउ परेका छन् ।
देशभरबाट ४१ जना युवालाई प्रहरी जवान बनाउन आफूले गृहमन्त्री बालकृष्ण खाँणसहित प्युठानका स्थानीय कांग्रेस नेताहरूकाे समेत साथ पाएकाे भन्दै उनले फेसबुकमार्फत नाम सार्वजनिक गरेका थिए । उनले गृहमन्त्री बालकृष्ण खाँणको सहयोगमा प्युठानका ११ जना र देशभरबाट ४१ जनाको नाम निकाल्न सफल भएको फेसबुकमा लेखेका थिए ।
गुरुङले प्युठानबाट कांग्रेसका उपसभापति बद्री लम्सालले सिफारिस गरेको र युवाहरूलाई नाम निकाल्न गृहमन्त्री खाँणले सहयोग गरेको उल्लेख गरेका थिए । सहयोगका लागि भन्दै गृहमन्त्री खाँणलाई फेसबुकमै धन्यवाद दिएका थिए ।
पक्राउ परेका गुरुङलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइने केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त कुँवरले जानकारी दिए ।
सरकारी जागिरका लागि सिफारिस गर्नु वा कुनै निकायलाई दबाब दिनु गैरकानुनी मानिन्छ । यस्तो अवैधानिक काममा आफ्नो नाम मुछिएपछि गृहमन्त्री खाँडले गुरुङलाई नियन्त्रणमा लिन निर्देशन दिएका थिए । गुरुङ नेपाल विद्यार्थी संघका स्थानीय नेता भएको बताइएको छ ।

सम्बन्धित खबर
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा युवा उद्यमी किरण केसीको उम्मेदवारी
बालेनलाई रक्षा बमको जवाफ : ‘राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बन्न पाए’
नेपाल एयरलाइन्स मेरो निजी कम्पनी भएको भए म बन्द गरिदिन्थेँ : पर्यटनमन्त्री पौडेल
विमानभित्र उपद्रो गर्ने यात्रुलाई पाइलटले नै पक्राउ गर्न सक्ने, ५ लाखसम्म जरिवाना !
दाउन्नेमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु
बालेन सरकार नागरिकलाई जति हेपे पनि हुन्छ भन्ने ठाउँमा पुगिसक्यो : गगन थापा
यो पनि पढौँ
फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर स्याङ्जामा महिलाको मृत्यु
बेगनास तालमा डुबेर युवकको मृत्यु
बालेनले मेरो, रवि लामिछाने र प्रचण्डको पछाडि सुराकी लगाएको छ: अमरेश सिंह
प्रतिभा बिजनेस स्कुलमा बीआईटीको पहिलो शैक्षिक सत्र सुरू