पोखरामा ३ किलो २०० ग्राम गाँजासहित एक युवक पक्राउ परेका छन्।
शनिबार राति ९:२५ बजेको समयमा पोखरा महानगरपालिका वडा नं -३० गगनगौंडा स्थित पावरहाउसमा सवारी चेकजाँचका क्रममा धादिङ जिल्ला खनियाबास गाउँपालिका वडा न -४ स्थायी घर भइ हाल पोखरा -६ लेकसाईड बस्दै आएका २० वर्षीय करन तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
यस्तै, शनिबार नै सोही स्थानबाट गाँजासहित दुई युवक पक्राउ परेका छन्।
शनिबार राति अन्दाजी ७ :२० बजेको समयमा प्रहरीले गरेको सवारी चेकजाँचका क्रममा १ किलो ५०० ग्राम गाँजासहित दुई युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका – ३२ बेगनासताल बस्ने २० वर्षीय सरोज राना र सोही ठेगाना भएका १९ वर्षीय सुजन नेपाली रहेका छन्।
प्रहरीका अनुसार जिल्लामा लागु औषधको कारोवार भइरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीको टोलीले उक्त परिमाणमा गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ