गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ९२९ जनाको नमुना परीक्षण गरिएकामा १७५ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ८६ महिला र ८५ जना पुरुष रहेका छन् ।
प्रदेशका ५ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।
उनका अनुसार कास्की १००, बागलुङ २, स्याङ्जा २४, गोरखा ६, लमजुङ ३, तनहुँमा ९ र नवलपरासी पूर्व २७ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३ हजार ६७२ पुगेको छ । सधै कोरोना संक्रमितको मृत्युदर उच्च रहँदै आएको गण्डकी प्रदेशमा एक सातादेखि क्रमश घट्दै गएको छ ।
प्रदेशमा आइतबार १ जनाको कारोना संक्रमितको मृत्यु भएको थियो । तर, सोमबार भने गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । हालसम्म गण्डकीमा कारोना संक्रमणबाट १ हजार ३३२ जनाले ज्यान गुमाएका छन् ।
प्रदेशमा पछिल्लो २४ घण्टामा १५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८० हजार ५९८ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संङख्या १ हजार ७४२ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?