कास्कीमा २९६ जनाको परीक्षण गर्दा ९४ जनामा कोरोना पुष्टि, जोखिम कायमै

कास्कीमा २९६ जनाको परीक्षण गर्दा ९४ जनामा कोरोना पुष्टि, जोखिम कायमै

Gandaki covid corona 4

मंगलबार गण्डकीका १४१ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ९६९ जनामा गरिएको नमुना परीक्षणमा थप १४१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ९४ जना, तनहुँका पाँच जना, गोरखाका छ जना, र नवलपुरका १७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका १२ जना, पर्वतका दुई जना, बागलुङका तीन जना र म्याग्दी जिल्लाका दुई जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८३ हजार ८१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २०१ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८० हजार ७९९ पुगेको छ।

मंगलबार गण्डकीमा एकजनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। आज मृत्यु पुष्टि हुनेमा नवलपुर जिल्ला गैँडाकोट नगरपालिका वडा नं -१७ निवासी ६२ वर्षीया महिला छन् ।

आज मृत्यु पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या १३३३ पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds