तनहुँको शुक्लागण्डकीस्थित रकगार्डेनमा टिकटक बनाउने क्रममा सेती खोँचमा पसेकी युवतीको अवस्था अझै अज्ञात छ । वडा नं. ४ र ८ को सीमामा रहेको रकगार्डेन क्षेत्रमा तस्बिर खिच्ने र टिकटिक बनाउने क्रममा शुक्लागण्डकी वडा नं. ८ की १९ वर्षिया पवित्रा लम्साल खसेर बेपत्ता भइन् ।
तीन जना साथीहरुसँग मिलेर उनीहरु सेतीको किनार रकगार्डेन गएका थिए । घटना मंगलबार दिउँसो २ बजेतिरको हो । पक्की पुल र झोलुङ्गे पुलकोबीचबाट ती युवत्ती खसेर बेपत्ता भएको प्रहरीको भनाई छ ।
बेपत्ता पवित्राको केहि दिनअघि मात्र विवाह भएको बताइएको छ । ५ दिनअघि विवाह गरेकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् ।जानकारका अनुसार उनको यही भदौ २६ गते भिमादको किहूँका सिग्देल थरका युवकसँग विवाह भएको हो । स्याङ्गजा जिल्ला हरिनाश गाउँपालिका घर भइ शुक्लागण्डकी नगरपालिका वडा नं ८ लालिमस्थित काकाकाकीसँग बस्दै आएकी थिइन् ।
पवित्रा नदिमा पसेको भिडियो पनि सार्वजनिक भएको छ । सेती खोचमा पसिरहँदा साथीहरु चिच्याई चिच्याई तल नजान रोकिरहेका छन् । ‘कस्तो हो के तिमी… पवित्रा… लान्छ के ओई…’ भनेको स्पष्ट सुनिएको छ । नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए ।
जानकारी पाए लगत्तै प्रहरीले सेती नदी छेउछाउमा खोजी कार्य जारी राखेपनि फेला पार्न नसकिएको र बुधबार बिहानैदेखि पुनः खोजी कार्य गरिने प्रहरीले जनाएको छ । भिमाद क्षेत्रमा पनि प्रहरीलाई परिचालन गरिएको प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले गण्डक न्यूजलाई जानकारी दिए ।
(मुहार प्रष्ट देखिने र युवती समेत बोलेको दोस्रो भिडियो प्रकाशन/प्रसारण गर्न नमिल्ने भएकाले यहाँ संलग्न गरेका छैनौं । जुन भिडियोमा अञ्जानले भन्दा पनि जानाजान सेतीमा हेलिएको भान हुन्छ । यद्यपी प्रहरीले यस सम्बन्धमा अनुसन्धान अघि बढाएको छ । )
सम्बन्धित खबर
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?