इजरायल रोजगारीः अंग्रेजी भाषा परीक्षा दिएका २ हजार ३९ जना पास (नतिजासहित)

इजरायल रोजगारीः अंग्रेजी भाषा परीक्षा दिएका २ हजार ३९ जना पास (नतिजासहित)

israel

काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभर सम्बन्धी रोजगारीका लागि लिएको अंग्रेजी भाषा परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । विभागले सोमबार लिएको अंग्रेजी भाषाको लिखित परीक्षाको परीक्षाफल मंगलबार प्रकाशन गरेको हो ।

इजरायल जान ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । जस मध्ये ६ हजार ३९७ जना लिखित परीक्षामा सहभागी भएकोमा १ हजार ३९५ जना महिला र ६ सय ४४ पुरुष गरि कुल २ हजार ३९ जनाले अंग्रेजी भाषा पास गरेको विभागले जनाएको छ ।

भाषा परीक्षामा उत्तीर्ण भएकाहरूको ’फिजिकल फिटनेस’ जाँच असोज १, २ र ३ गते बिहान र दिउँसोको समयमा हुने वैदेशिक रोजगार विभागले जनाएको छ । ’फिजिकल फिटनेस’ मा उचाइ र तौल नापिनेछ । यससम्बन्धी परीक्षा व्यावसायिक तथा विकास तालिम प्रतिष्ठान भैँसेपाटीमा सञ्चालन हुने विभागले जनाएको छ । लिखित परीक्षामा उत्तीर्ण भई उचाइ र तौल नापमा पनि उत्तीर्ण हुनेहरूको असोज ४ गतेदेखि ९ गतेसम्म अन्तर्वार्ता हुनेछ ।

यो नतिजा व्यक्तिले फारम भर्दा विभागको वेबसाइटमा बनाएको आईडीमा उल्लेख गरिनेछ । त्यही प्राप्तांकका आधारमा विभागले परीक्षार्थीहरूलाई छनोट गर्नेछ । छनोट गरिएको नामावली इजरायलको पपुलेसन एण्ड इमिग्रेशन अथोरिटी (पिआईबीए)लाई पठाइनेछ । त्यहाँबाट छनोटमा परेका व्यक्तिहरूसँग सम्झौता भएपछि उनीहरू इजरायल जान पाउनेछन् ।

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”83414″ /]

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ