१२ औं राष्ट्रिय जनगणना शुरु, घरपरिवारको सूचीकरण आजदेखि

१२ औं राष्ट्रिय जनगणना शुरु, घरपरिवारको सूचीकरण आजदेखि

National-Population-Census-logo

काठमाडौँ । आजदेखि १२ औं राष्ट्रिय जनगणना शुरु हुने भएको छ । जनगणनको पहिलो चरण अन्तर्गत आज घर तथा परिवार सुचिकरण शुरु गरिदै छ ।

भदौ ३० देखि असोज १८ गतेसम्म सुपरिवेक्षकहरू घर–घरमा पुगेर घर र घरपरिवारका सदस्यहरूको सूचीकरणको काम गर्ने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

जसका लागि केन्द्रिय तथ्यांक बिभागले ८ हजार ५ सय सुपरिवेक्षक खटाएको छ । सुचीकरणमा घरा सदस्यहरुको बिवरण लिइने छ । ७७ वटै जिल्लमा एकसाथ घर तथा घरपरिवारको सुचिकरण गरिने छ । विवरणमा घरपरिवारको बैंक खाता, ऋणमा पहुँच, ब्यावसायिक तालिमलगायतका विषय पनि समावेश गरिएको छ ।

व्यक्ति घरको प्रकार, घरको संख्या, तला र घर प्रयोजन पनि खुलाइने छ भने पशुपंक्षीको विवरण पनि उतारिने छ । यसैगरी सरकारी अनुदानमा बनेका घर, सामुदायिक भवन, त्यसको प्रयोजन, सरकारी कार्यालय भवन, ब्यावसायिक तथा प्राविधिक शिक्षा तालिम, मन्दिर, बित्तीय संस्था, उद्योग, कलकारखानाको समेत विवरण लिइनेछ ।

सुचीकरण असोज १८ गते भित्र सकिने बिभागले जनाएको छ । निर्धारित तालिका अनुसार मूल जनगणना भने कात्तिक २७ देखि मंसिर ९ सम्म हुनेछ । यतिखेर ३९ हजार गणकले प्रत्येक घरपरिवारमा मुल प्रश्नावली सोध्ने छन् भने सुपरिवेक्षकले प्रत्येक वडा कार्यालयमा गई सामूदायिक प्रश्नावली गर्नेछन् ।

यस वर्षको राष्ट्रिय जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ तय गरिएको छ ।

नेपालमा विसं १९६८ मा पहिलो राष्ट्रिय जनगणना भएको थियो । त्यसयता हरेक १०–१० वर्षमा जनगणना हुँदै आएको छ । यद्यपि, पाँचौ राष्ट्रिय जनगणना निर्धारित मितिभन्दा पछि सम्पन्न भएको थियो ।

२००८ मा नियमित जनगणना हुनुपर्नेमा २००७ सालको क्रान्ति र त्यसपछिको राजनीतिक घटनाक्रमका कारण २००९–२०११ मा जनगणना गरिएको थियो ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २ करोड ६५ लाख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ