गण्डकीका ९९९ जनाको परीक्षण गर्दा १२५ जनामा संक्रमण, थप दुइको मृत्यु पुष्टि

गण्डकीका ९९९ जनाको परीक्षण गर्दा १२५ जनामा संक्रमण, थप दुइको मृत्यु पुष्टि

covid-19-corona

बुधबार गण्डकीका १२५ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ९९९ जनामा गरिएको नमुना परीक्षणमा थप १२५ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३९६ जनाको परीक्षण गर्दा ७८ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

यस्तै, तनहुँका चार जना, गोरखाका सात जना, लमजुङका आठ जना र नवलपुरका छ जनामा कोरोना पुष्टि भएको छ ।

यता, स्याङ्गजाका १४ जना, पर्वतका एक जना, बागलुङका छ जना र म्याग्दी जिल्लाका एक जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८३ हजार ९३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ९२ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८० हजार ८९१ पुगेको छ।

बुधबार गण्डकीमा थप दुई कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। आज मृत्यु पुष्टि हुनेमा तनहुँ जिल्ला भिमाद नगरपालिका -८ का ५३ वर्षीय पुरुष र स्याङ्गजा जिल्ला वालिङ नगरपालिका -१ निवासी ८४ वर्षीय वृद्ध छन् ।

आज मृत्यु पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या १३३५ पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ