आज विश्व ओजोन तह बचाउ दिवस मनाइँदै

आज विश्व ओजोन तह बचाउ दिवस मनाइँदै

ozone-day

काठमाडौँ । आज विश्व ओजोन तह बचाउ दिवस । ‘खानेकुरा र खोप दुवैलाई सही तापक्रममा राख’ भन्ने नाराका साथ विश्वभर मनाइँदै छ।

सन् १९९५ देखि यो दिवस मनाउन थालिएको हो । पृथ्वीमा कार्बन डाइअक्साइड बढ्दै जाँदा त्यसले तापक्रम पनि बढाउँदै लगेको छ ।

यसको प्रभाव मानिसमा मात्रै होइन, पारिस्थितिक प्रणालीमा नै परेको छ । जसका कारण पृथ्वीकै आयु घट्दै गएको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् । ६ लाख वर्षयता पृथ्वीमा कार्बनडाइ अक्साइडको मात्रा निरन्तर बढिरहेको विज्ञले बताएका छन् ।

सन् १७५० अगाडि प्रति दश लाख हावाको कणमा कार्बन डाइअक्साइडको मात्रा २ सय ५० थियो । अहिले प्रति दशलाख हावाको कणमा कार्बनको मात्रा ४ सय १८ पुगेको जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी मञ्चको भनाइ छ । सन् १८९० देखि २०१२ सम्मको अवधिमा पृथ्वीको तापक्रम शून्य दशमलव ८५ डिग्री सेन्टिग्रेडले बढेको छ । यही अवस्था रहिरहेमा सन् २०३० सम्ममा एक दशमलव ५ डिग्री सेन्टिग्रेड बढ्न सक्ने र यो शताब्दीमा २ सेन्टिग्रेडभन्दा माथि जानसक्ने मञ्चको अनुमान छ ।

जापान, अमेरिका, भारत, रुस, ब्राजिललगायत विकसित देशले ९५ प्रतिशत कार्बन उत्सर्जन गर्दछन् । ठूलाठूला उद्योग कलकारखानाबाट निस्किएको कार्बनको असर नेपाल जस्ता विकासशील देशहरुले पनि बराबरी भोग्नु परेको छ । विश्वभरि उत्सर्जन हुने कुल कार्बनमध्ये नेपालले ० दशमलव २७ प्रतिशत मात्र उत्सर्जन गर्छ ।

वनजङ्गल, सिमसार क्षेत्र र नदीनाला संरक्षण नै कार्बन उत्सर्जन घटाउने मुख्य उपाय हो । उद्योगहरुमा प्रयोग हुने रेफ्रिजिरेटर र एसीमा प्रयोग हुने केमिकलले ओजोनतहमा विनास गर्ने हुँदा यसको कम प्रयोग र नियन्त्रण गर्नु नै ओजोन तह बचाउ गर्ने महत्वपूर्ण उपाय भएको विज्ञनको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ