नेपाली सेनामा ४६४ जनाका लागि भर्ना खुल्यो

नेपाली सेनामा ४६४ जनाका लागि भर्ना खुल्यो

nepal army

काठमाडौँ । नेपाली सेनामा विभिन्न पदका लागि भर्ना खुलेको छ । प्राविधिकतर्फका विभिन्न २४ पदमा ४६४ जनाका लागि भर्ना खुलेको हो ।

जंगी अड्डाले आज (बिहीबार) जारी गरेको सूचनाअनुसार भर्ना छनोटका लागि आजैदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिनेछ । यस्तै दोब्बर दस्तुर तिरेर थप ७ दिन अर्थात् असोज ७ गतेसम्म दरखास्त फाराम भर्न सकिने जनाइएको छ ।

दरखास्त फाराम नेपाली सेनाबाट निःशुल्क उपलब्ध हुनेछ । फाराम नारायणहिटीस्थित नेपाल क्याभल्री उत्तरतर्फको खेल मैदानबाट वितरण गरिनेछ भने फाराम पेश पनि त्यहीँबाट गर्नुपर्नेछ । छनोट प्रक्रिया भर्ना छनोट निर्देशनालय, जंगी अड्डामै हुने जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ