राम बहादुर रोकाहा, स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माधवकुमार नेपालले पद र व्यक्तिगत स्वार्थका लागि पार्टी विभाजन गरेको आरोप लगाएका छन् ।
एमाले जिल्ला कमिटी स्याङ्जाले आयोजना गरेको बृहत् अगुवा कार्यकर्ता भेलामा सचिव गुरुङले पहिलेदेखि नै नेता नेपालको पार्टी विभाजन गर्ने उद्देश्य रहेकाले नै पार्टी एकतामा ध्यान नपुगेको उल्लेख गरे ।
आफ्नो स्वार्थका लागि पार्टी फुटाउनकै निमित्त लागिपरेका नेता नेपाल प्रतिपक्षीसँग हात मिलाउन पुगेको उनको भनाइ छ । पार्टी एकता गर्न कै लागि गठन गरिएको कार्यदलले पनि सम्भावना भएसम्म हरेक प्रयास गर्दा नेता नेपालले अस्वभाविक माग तेसारेर पार्टी फुटाउने कार्य गरी दुई टुक्रा बनाएको नेता गुरुङको भनाई छ ।
स्याङ्जाको सिटिहलमा बुधबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बाहिरी दलसङ्ग हात मिलाई पार्टी टुक्राएका नेता नेपालले जनतालाई पार्टीप्रति अनावश्यक भ्रम फैलाएको र उक्त भ्रममा कोहि नपर्न समेत नेता गुरुङले आग्रह गरेका छन् ।
अर्का सचिव एवं पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले आफूले त्यागेको समूहको पार्टीलाई टाउको सुकेको, पेट फुलेको र खुट्टा लुलो भएको पार्टीको संज्ञा दिए् । उनले पार्टीलाई विभाजनको पक्षसम्म पुर्याउन लागिपरेकालाई साथ नदिने स्पष्ट पार्दै नेता कार्यकर्तालाई संगठित भएर पार्टी एकताको पक्षमा लागि पनि अनुरोध गरे ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री पद्मा अर्यालले सबैलाई समेट्ने विशाल पार्टी एमाले रहेको र विकासको लहर ल्याउने, जनताको हरेक सुख, दुःखमा साथ दिने पार्टी पनि एमाले नै भएकाले सबै नेता कार्यकर्तालाई समाहित भएर एमाले मै रहेर जनताको हितमा लागि पर्न आग्रह गरिन् ।
कार्यक्रममा पूर्वमन्त्रीहरु खगराज अधिकारी, जगत विश्वकर्मा, नेकपा एमाले सुरक्षा विभागका सचिव शोभियत ढकाल, केन्द्रीय सदस्यहरु लिला थापा र सीता सुन्दास लगायतले मन्तव्य राखेका थिए ।
नेकपा एमाले जिल्ला कमिटी स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैह्रे (पारस) को अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा नेपाली काङ्ग्रेस तथा अन्य पार्टी परित्याग गरी नेकपा एमालेमा ७० जना पार्टी प्रवेश गरेको कार्यक्रम सञ्चालक सचिवसुधिर शर्मा पौडेलले जानकारी दिए । नेता उदय श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु