कास्कीका ७८ सहित गण्डकीमा थप १३९ जनामा कोरोना पुष्टि, १४१ कोरोनामुक्त

कास्कीका ७८ सहित गण्डकीमा थप १३९ जनामा कोरोना पुष्टि, १४१ कोरोनामुक्त

corona-Update

शुक्रबार गण्डकीका १३९ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ८६६ जनामा गरिएको नमुना परीक्षणमा थप १३९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका आठ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २३६ जनाको परीक्षण गर्दा ७८ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

यस्तै, तनहुँका २४ जना, गोरखाका पाँच जना, लमजुङका दुई जना र नवलपुरका चार जनामा कोरोना पुष्टि भएको छ ।

यता, स्याङ्गजाका २३ जना, बागलुङका एक जना र म्याग्दी जिल्लाका दुई जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८४ हजार २१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट १४१ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८१ हजार २८४ पुगेको छ।

शुक्रबार गण्डकीमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ। आज मृत्यु पुष्टि हुनेमा कास्की जिल्ला मादी गाउँपालिका -१० की ८० वर्षीया वृद्धा छिन्।

आज मृत्यु पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या १३४० पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds