नेपालमा ११ हजार ३८५ को परीक्षण गर्दा १ हजार ६६ जनामा संक्रमण

नेपालमा ११ हजार ३८५ को परीक्षण गर्दा १ हजार ६६ जनामा संक्रमण

covid-19-corona

शनिबार थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड सम्बन्धी अपडेट अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३८५ वटा नमुनाको परीक्षण गरिएकोमा १ हजार ६६ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १६ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २८ पुगेको मन्त्रालयले जानकारी दिएकाे छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार २३४ कोरोनामुक्त  भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख ४७ हजार ८ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds