दाङ । प्रहरीले आपराधिक लाभ (एक्सटर्सन) लिन नहुने कसुरमा तीन महिलालाई पक्राउ गरेको छ । रक्सी (बियर) र चिया खाएकै भरमा बलात्कारकाे उजुरी दिन्छु भनेर धम्की दिइ एक पुरुषसँग ५० लाखबाट बार्गेनिङ सुरु गरेर १८ लाख रुपैयाँमा टुङ्ग्याइ पैसा असुल्ने तीन महिलालाई पक्राउ गरी आज आइतवार सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालीका १५ की २२ वर्षीया सीतादेवी थापा, त्यही ठाउँकी ३५ वर्षीया खुमा वली र घोराही ५ की ३२ वर्षीया सुस्मा परियार रहेका छन् । पक्राउ परेकामध्ये सीतादेवी थापा बस्दै आएको डेरा/कोठाबाट प्रहरीमा उजुरी दिने धम्की दिइ युवकबाट लिएकाे १७ लाख रुपैयाँकाे सिभिल बैंकको चेक एक थान र एक लाख रुपैयाँकाे एक थान चेक बरामद भएकाे प्रहरीले जनाएकाे छ । त्यही रकमकाे एक लाख रुपैयाँ थापाले ब्याजमा लगाइसकेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरे तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी प्रावधान छ ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो