पोखरा । दशैंका लागि आजदेखि बैंक तथा वित्तीय संस्थाले नयाँ नोट साट्ने भएका छन् ।
नोट सटहीका लागि राष्ट्र बैंकले देशभर सटही काउन्टर तोकेको छ ।
केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र आजदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ । वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गइ नोट सटही गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।
यस्तै, काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशमा रहेको कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गएर नोट सटहीको सुविधा लिन सकिने जनाइएको छ ।
कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सहज वातावरणमा सहज रुपमै सर्वसाधारणलाई नोट सटहीको सुविधा मिलाइएको समेत बैंकले जनाएको छ ।
सम्बन्धित खबर
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो