बागलुङमा चट्याङ लागेर एकको मृत्यु, तीन घाईते

बागलुङमा चट्याङ लागेर एकको मृत्यु, तीन घाईते

chatyang photo

बागलुङ । बागलुङमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।

हिजो (सोमबार) बेलुकी जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

चट्याङ लागेर स्थानीय ६० वर्षीय सहबीर नेपाली, १८ वर्षीया बिपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली घाईते भएका छन् ।

उनीहरूको जैदी स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा एउटा भैंसीसमेत मरेको स्थानीयले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ