पोखरा महानगरपालिका ३२ बडहरेकी ४८ वर्षीया महिलाको कानको रिङ लुट्ने पक्राउ परेका छन् । घाँस काट्न बारीमा गएका बेला ढुंगाले हानेर बेहोस बनाई एक तोलाको रिङ लुट्ने लुटेरा भोलिपल्टै पक्राउ परेका हुन् ।
मारियम गुरुङको कानको लोती काटी सुन लुटेको आरोपमा प्रहरीले माचिन तामाङलाई मंगलबार पक्रेको हो । उनको साथबाट लुटिएको २ वटा रिङ जस्ताको तस्तै फेला परेको प्रहरीले जनाएको छ । तामाङ मंगलबार तल्लो गगनगौंडबाट पक्राउ परेका हुन् ।
धादिङ घर भएका ४६ वर्षीय तामाङ अहिले पोखरा महानगरपालिका ३२ खुदीखोला बस्दै आएका थिए । उनी बाख्राभैंसी किनबेचको काम गर्ने पनि खुलेको छ । किन्ने र बेच्ने कामका लागि गाउँतिर गइरहने भएर गाउँबारे राम्रो जानकार रहेको पनि बुझिएको छ ।
सोमबार पूर्वान्ह ११ बजेतिरको समयमा गुरुङले घाँस काटिरहँदा एक्कासि छातीमा ढुंगाले हानेर बेहोस बनाई कानै काटेर आधा आधा तोलाको २ वटा बेरुवा रिङ लुटिएको थियो ।
बारी नजिकै घर भएका स्थानीयले देखेर हल्लाखल्ला गरेपछि आफन्तहरु घटनास्थल पुगेका थिए । बेहोस भइसकेकी मरियमको कानका २ वटा रिङ थिएनन् । घटनास्थलमा पुग्दा कानबाट रगत आइरहेको उनका श्रीमान् धनमान गुरुङले बताए । लगत्तै प्रहरीलाई खबर गरिएको थियो । र, घाइते गुरुङलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्न ल्याइएको थियो । कानमा टाँका लगाएर गुरुङ घर फर्किसकेकी छिन् ।
एक तोलाको रिङ लुट्न पोखराकी गुरुङलाई ढुंगाले हानी बेहोस बनाई कान काटियो
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो