एक दिनमा ४० मिनेटमात्र टिकटक चलाउन पाइने !

एक दिनमा ४० मिनेटमात्र टिकटक चलाउन पाइने !

tiktok

एक दिनमा ४० मिनेटमात्र टिकटक चलाउन पाइने केही समय अगाडि सार्वजनिक एक रिपोर्ट अनुसार विश्वमा प्रयोगकर्ताहरुले सबैभन्दा धेरै समय बिताउने एपको पहिलो स्थानमा टिकटक रहेको छ ।

विश्वमा अत्यन्तै लोकप्रिय भिडियो शेयरिङ एप टिकटक चीनमा चाहिं डुइनको नामबाट उपलब्ध छ । डुइन चीनमा सर्वाधिक लोकप्रिय एपको रुपमा रहेको छ र यसका प्रयोगकर्ताहरुमा कम उमेरका किशोर किशोरीहरु अत्यधिक छन् ।

बालबालिकाहरुमा बढेको चिनियाँ टिकटकको लतलाई मध्यनजर गर्दै चीनले अब बालबालिकालाई एक दिनमा केवल ४० मिनेट मात्रै डुइन प्रयोग गर्न दिने भएको छ ।

आफ्नो वास्तविक पहिचानबाट डुइनमा खाता खोलेका १४ वर्षमुनिका प्रयोगकर्ताका लागि यो नियम लागू हुनेछ ।बालबालिकाहरुले बिहानको ६ बजेदेखि रातको १० बजेसम्मको अवधिमा केवल ४० मिनेट मात्रै डुइन चलाउन पाउनेछन् ।

चिनिया टिकटकको मातृ कम्पनी बाइटडान्सले एक ब्लगपोष्टमार्फत् डुइनमा युथ मोड को घोषणा गरेको छ । बालबालिकाहरुलाई डिजिटल अम्मलबाट जोगाउनका लागि यस्तो सीमा राख्ने आफू नै पहिलो प्लाटर्फम रहेको दाबी कम्पनीको छ ।

डुइन किशोरावस्थाका प्रयोगकर्ताका मामिलामा सबैभन्दा रहेको उनीहरुको सिकाइका लागि गुणस्तरीय सामग्रीहरु उपलब्ध गराउनका लागि कडा मेहनत गरिरहेको कम्पनीले जनाएको छ ।

डुइनले बालबालिकाका लागि प्लाटर्फम प्रयोगमा समयको पावन्दी लगाएसँगै युथ मोडमा विभिन्न शैक्षिक सामग्रीहरु पनि राखेको छ । जसमा विज्ञानका प्रयोग, संग्राहलय प्रदर्शनी तथा ऐतिहासिक व्याख्यालगायतका रहेका छन् ।

चिनियाँ टिकटक डुइनमा खाता खोल्नका लागि न्यूनतम उमेरको कुनै हद तोकिएको हुँदैन, अर्थात् जुनसुकै उमेरका बालबालिकाले पनि यसमा खाता खोल्न सक्दछन् । तर १८ वर्षभन्दा मुनिका प्रयोगकर्ताले खाता खोल्नका लागि अभिभावकको स्वीकृति लिनुपर्दछ । जबकि टिकटकमा खाता खोल्नका लागि न्यूनतम १३ वर्ष उमेर हुनु पर्दछ ।

चीन सरकारले किशोर किशोरीहरुको प्रविधिको अत्यधिक प्रयोगमाथि नियन्त्रण गर्ने कदम अगाडि बढाएसँगै डुइनले प्रयोगको समय सीमा निर्धारण गरेको हो ।

गत महीनादेखि चीन सरकारले १८ वर्षमुनिका किशोर किशोरी तथा बालबालिकाहरुलाई शुक्रबार र बिदाका दिनमा बाहेक भिडियो गेम खेल्न प्रतिबन्ध लगाएको छ ।

किशोर किशोरी तथा बालबालिकाहरुले अब शुक्रबार, सप्ताहन्त तथा विदाका दिनहरुमा मात्रै हरेक दिन केवल एक घण्टा भिडियो गेम खेल्न पाउनेछन् ।

त्यस्तै गत फेब्रुअरीदेखि चीनले विद्यार्थीहरुलाई विद्यालयमा फोन प्रयोगमा समेत प्रतिबन्ध लगाएको छ ।

-बीबीसी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds