अष्ट्रेलियामा ६ म्याग्नेच्युडको भूकम्प

अष्ट्रेलियामा ६ म्याग्नेच्युडको भूकम्प

Earthquake

काठमाडौँ । अष्ट्रेलियामा आज (बुधबार) बिहान ६ म्याग्नेच्युडको भूकम्प गएको छ। स्थानीय समयअनुसार ९ बजेर १५ मिनेट जाँदा भिक्टोरिया राज्यको राजधानी मेलबर्न नजिकैको म्यान्सफिल्डलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

भूकम्पबाट मेलवर्न शहर र आसपासका क्षेत्रमा थुप्रै घरहरु भत्किएका छन् । मानवीय क्षतिको भने अहिलेसम्म विवरण आइसकेको छैन। भूकम्पका कारण विद्युत आपूर्ति बन्द भएको छ ।

भूकम्पको धक्का सयौं किलोमिटर टाढाका सिड्नी, एडलेइड, न्यु साउथवेल्स लगायतका सहरसम्म पनि महशुस गरिएको थियो । भिक्टोरिया राज्य सरकारले मानिसहरुलाई घरभित्र नबस्न र परकम्पहरुप्रति सचेत रहन भनेको छ ।

मेलवर्न शहरमा मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ । भूकम्पलगत्तै ४ रेक्टरस्केल आसपासका परकम्पहरु गएको बताइएको छ ।

अष्ट्रेलियाको इतिहासमा यो नै सवैभन्दा ठूलो भूकम्प गएको बताइएको छ । अष्ट्रेलियाको यो क्षेत्रमा निकै कम भूकम्प जान्छ। यसअघि सन् १९८९ मा न्युक्यासलमा ५.६ म्याग्नेच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ