ढुङ्गाले च्यापिएर गोरखामा एक जनाको मृत्यु

ढुङ्गाले च्यापिएर गोरखामा एक जनाको मृत्यु

dhunga

गोरखा।  ढुंगा खसेर च्यापिंदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको सहिदलखन गाउँपालिका वडा नं -८ मैलुङ ढोडेनीस्थित सडक खण्डमा ढुङ्गा निकाल्ने क्रममा ढुङ्गा खसेर च्यापिंदा सोही स्थानको बराहफाँट निवासी ४५ वर्षीय वीर बहादुर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार दिउँसो ढुंगा निकाल्ने क्रममा माथिबाट आएको ढुङ्गाले च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनाको जानकारी पश्चात पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको जानकारी दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ