देशका केही स्थानमा वर्षाको सम्भावना

देशका केही स्थानमा वर्षाको सम्भावना

mausam

पोखरा । देशभरको मौसम आज (शुक्रबार) बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ।

अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ ।

शुक्रबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ