कांग्रेस महाधिवेशनः पोखरा महानगरमा मतदान जारी, ६ जना सभापति बन्ने प्रतिष्पर्धामा

कांग्रेस महाधिवेशनः पोखरा महानगरमा मतदान जारी, ६ जना सभापति बन्ने प्रतिष्पर्धामा

cng chnb

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अाज शनिबार पालिकास्तरीय कार्यसमिति चयन हुँदै छ । पोखरा महानगरमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । मतदान स्थल नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्र रहेको छ ।

पोखरा महानगरपालिकामा ६ जना सभापति बन्ने दाैडमा छन् । पत्रकार गंगाधर पराजुली, पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला र पोखरा ९ का वडाध्यक्ष रामराज लामिछाने, अर्का नेता मिलन तिवारी, पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छे र अर्की पत्रकार ज्योति हमाल चुनावी प्रतिष्पर्धामा छन् ।

उपसभापतिमा पनि ६ जना कृष्णप्रसाद अधिकारी, निर्दोषविक्रम पौडेल, प्रयागराज भण्डारी, भवसागर बराल, शिव केसी र राजेन्द्र बराल प्रतिष्पर्धामा छन् ।

२ जना नै निर्वाचित हुने सचिवमा ३ जना, तथा २ जना नै निर्वाचित हुने सहसचिवमा ७ जनाले दाबी गरेका छन् । सचिवमा गणेशबहादुर थापा, टुबराज बास्तोला, सुरेन्द्रबावु तिवारीले नाम दर्ता गराए ।

सहसचिवमा नरेन्द्र बास्तोला, पुष्पराज सिग्देल, रविन कायस्थ, लक्ष्मी बास्तोला, शिवमोहन अधिकारी, सञ्जय आले र संघर्ष कोइरालाले दाबी पेस गरेका छन् । कार्यसमिति सदस्यमा अधिकांश निर्विरोध निर्वाचित भएका छन् ।

पोखरा महानगरपालिकामा १ हजार ३ सय ७० जनाले मतदान गर्न पाउने छन् ।कास्कीका केही पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।  अन्नपूर्ण गाउँपालिकामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भइसकेको छ । अाजै घाेषणा हुनेछ । सभापतिका लागि मनपति भण्डारीले मात्रै मनोनयन दर्ता गराएका छन् । उपाध्यक्ष सुशील भट्टचन र गौमाया नेपाली, सचिव कृष्णप्रसाद सुवेदी र विजय गुरुङ एवं सहसचिव ध्रुव घले र मुक्ति गुरुङ चयन भएका हुन् । सदस्यहरु पनि सर्वसम्मत निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ