११ देशका राजदूत एकै पटक पोखरामा, नौडाँडाबाट कास्कीकोटसम्म पदयात्रा गर्दै

११ देशका राजदूत एकै पटक पोखरामा, नौडाँडाबाट कास्कीकोटसम्म पदयात्रा गर्दै

rajdut pokhara

तस्वीर सौजन्यः विजय नेपाल

पोखरामा आइतबार ११ देशका राजदूत आएका छन् । ४९ औं विश्व पर्यटन दिवसको अवसरमा विभिन्न देशका राजदूत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि गरी २८ सदस्यीय टोली पोखरा आइपुगेका हुन् । कतार, जर्मनी, श्रीलंका, यूएई, साउदी अरेबिया, दक्षिण कोरिया, इजिप्ट, थाइल्यान्ड, फिनल्यान्ड, बंगलादेश, युरोपियन युनियनका राजदूत पोखरा आएका हुन् ।

उनीहरुलाई गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, नेपाल पर्यटन बोर्डका केन्द्रीय सदस्य विप्लव पौडेल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारी, पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिले उनीहरुलाई फूलमालासहित रातो कार्पेट ओछ्याएर भव्य स्वागत गरे ।

लामो समय कोरोना महामारीका कारण थला परेको पोखराको पर्यटन व्यवसाय राजदूतको सामूहिक भ्रमणले सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ । यो कार्यक्रमले पोखरा घुम्न सुरक्षित छ भन्ने सन्देश दिनेछ । २ दिनसम्म पोखरा घुम्ने टोलीलाई आइतबार साँझ गण्डकी प्रदेश सरकारले रात्रीभोज आयोजना गरेको छ । उनीहरू लेकसाइडस्थित बाराही होटलमा बसे ।

विश्व पर्यटन दिवस विशेष कार्यक्रम

गण्डकी प्रदेश सरकारको संयोजनमा पोखराका पर्यटन व्यवसायीसँग सम्बन्धित संस्थाहरुको समन्वयमा सोमबार विश्व पर्यटन दिवस विशेष कार्यक्रम हुनेछ ।

यस्तै, बिहान सांस्कृतिक तथा प्राकृतिक सम्पदाको भ्रमण, हाइकिङ हुनेछ । सोमबार पर्यटन दिवस समेत परेकोले टोलीले सरकारका प्रतिनिधि र पर्यटन व्यवसायीसहित सरोकारवालाले कास्कीकोटको भुजेल गाउँदेखि कास्कीकोट दरबार हुँदै कश्यप तालसम्म हाइकिङ गर्ने कार्यक्रम छ । पदयात्रा बढीमा दुई घण्टाको हुनेछ । कास्कीको नौडाँडाबाट ९ बजे चियापानपछि पदयात्रा सुरु हुनेछ । सन् २०१८ मा नौडाँडाबाट कास्कीकोट देउरालीसम्म नेपाल पर्यटन बोर्ड, यूएनडीपीले अपांगमैत्री ट्रेल बनाएका थिए ।

त्यसपछि दिउँसो अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, डेभिज फल पुगेर फेवातालमा बोटिङ गर्ने कार्यक्रम छ ।  साँझ रेस्टुरेन्ट एण्ड बार एशोसिएसन पोखराले आयोजना गरेको मिनी सडक महोत्सवमा सहभागी हुनेछ । त्यस दिन साँझ वाराहीचोकमा हुने आरती देखाइने छ । दुई दिनलाई पोखरा आएका राजदूत र अन्य आमन्त्रित पाहुना पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्राहलय र फेवाताल पनि घुम्ने छन् ।

सडक महोत्सवमा पनि सहभागी हुने 

४२ औँ विश्व पर्यटन दिवसको दिन सोमबार पोखरामा एक दिने सडक महोत्सव पनि हुँदैछ । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन ९रेवान० पोखराको आयोजनामा लेकसाइडको बाराही चोकदेखि खहरेसम्म डेढ किलोमिटर क्षेत्रमा महोत्सव लाग्दै छ ।

सडक महोत्सवमा राजदूज र कूटनीतिक नियोगका प्रतिनिधिलाई पनि सहभागी गराउने तयारी छ । पदयात्राबाट फर्किएर केही समय आराम गरेपछि साँझ आमन्त्रित पाहुना महोत्सवमा सहभागी हुनेछन् । महोत्सवमा नेपाली सांस्कृतिक प्रदर्शनी र ब्यान्ड प्रस्तुति रहनेछ । साथै, नेवार समुदायको लाखे नाच, पञ्चेबाजा, थारु समुदायको प्रचलित झुम्रा नाच, गन्धर्व समुदायको सारंगी बादनजस्ता संस्कृतिक कार्यक्रम महोत्सवमा प्रस्तुत गरिनेछ ।

सोमबार साँझ रेस्टुरेन्ट एण्ड बार एशोसिएसन पोखराले आयोजना गरेको मिनी सडक महोत्सवमा सरिक पछि बुमर्‍याङमा डिनर हुनेछ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन दिवसमा आयोजित सो कार्यक्रमले पोखरा अब घुम्न खुला छ भन्ने सन्देश विश्वभर पुग्नेमा विश्वास लिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ