विद्यार्थी नेता भट्टद्वारा क्षेत्रिय सह-सचिव पदमा उम्मेदवारी

विद्यार्थी नेता भट्टद्वारा क्षेत्रिय सह-सचिव पदमा उम्मेदवारी

sda

नेपाली कांग्रेस गोरखाका युवा नेता नारायण भट्टले क्षेत्रिय सह-सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । गोरखा नगरपालिका वडा नं १ निवासी भट्टले नेपाली कांग्रेस गोरखा क्षेत्र नं १ बाट क्षेत्रिय सह सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

२०६४ सालबाट सक्रिय रुपमा राजनीतिमा लागेका भट्ट युवाहरुका बीच लोकप्रिय रहेका छन् । उनी नवजागृती चण्डी माविमा नेविसंघको इकाई सचिव, मनास्लु कलेज काठमाडौको इकाई सभापति हुदै राजनीतिमा लागेका हुन् । उनी हाल नेपाल विद्यार्थी संघको जिल्ला सदस्य समेत रहेका छन ।

उनी विभिन्न सामाजिक संघ संस्था र अभियानहरू मार्फत समाजसेवामा समेत संलग्न रहदै आएका छन् सहसचिव उम्मेदवारी भट्टले क्षेत्रिय सह सचिव पदमा उम्मेदवारी घोषणा गर्दै पार्टीको संगठनलाई सुदृढ, बलियो र व्यवस्थित बनाउन आफुले उक्त पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

पार्टी र भातृ संगठनहरुको संरचना तल्लो तहसम्म पुर्याउने र विधानको कार्यान्वयनलाई जोड दिने लक्ष्यसहित उनी चुनावी मैदानमा होमिएका हुन् । नेपाली कांग्रेसको संगठनलाई परिवर्तित सन्दर्भमा यूवा र आम नागरिकको भरोसाको केन्द्र वनाउने सन्दर्भमा आफुले भुमिका खेल्ने उनको भनाइ छ ।

जनताको सेवा र सहयोगका लागि आफुले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् । नेपाली कांग्रेसको निकट भविष्यमा हुने विभिन्न तहका निर्वाचनमा पार्टीको पक्षमा वलियो जनमत निर्माण गरि सबै निर्वाचनहरूमा जित सुनिश्चित गर्न लागि पर्ने भट्टले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ