नेपाली कांग्रेस गोरखाका युवा नेता नारायण भट्टले क्षेत्रिय सह-सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । गोरखा नगरपालिका वडा नं १ निवासी भट्टले नेपाली कांग्रेस गोरखा क्षेत्र नं १ बाट क्षेत्रिय सह सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
२०६४ सालबाट सक्रिय रुपमा राजनीतिमा लागेका भट्ट युवाहरुका बीच लोकप्रिय रहेका छन् । उनी नवजागृती चण्डी माविमा नेविसंघको इकाई सचिव, मनास्लु कलेज काठमाडौको इकाई सभापति हुदै राजनीतिमा लागेका हुन् । उनी हाल नेपाल विद्यार्थी संघको जिल्ला सदस्य समेत रहेका छन ।
उनी विभिन्न सामाजिक संघ संस्था र अभियानहरू मार्फत समाजसेवामा समेत संलग्न रहदै आएका छन् सहसचिव उम्मेदवारी भट्टले क्षेत्रिय सह सचिव पदमा उम्मेदवारी घोषणा गर्दै पार्टीको संगठनलाई सुदृढ, बलियो र व्यवस्थित बनाउन आफुले उक्त पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।
पार्टी र भातृ संगठनहरुको संरचना तल्लो तहसम्म पुर्याउने र विधानको कार्यान्वयनलाई जोड दिने लक्ष्यसहित उनी चुनावी मैदानमा होमिएका हुन् । नेपाली कांग्रेसको संगठनलाई परिवर्तित सन्दर्भमा यूवा र आम नागरिकको भरोसाको केन्द्र वनाउने सन्दर्भमा आफुले भुमिका खेल्ने उनको भनाइ छ ।
जनताको सेवा र सहयोगका लागि आफुले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् । नेपाली कांग्रेसको निकट भविष्यमा हुने विभिन्न तहका निर्वाचनमा पार्टीको पक्षमा वलियो जनमत निर्माण गरि सबै निर्वाचनहरूमा जित सुनिश्चित गर्न लागि पर्ने भट्टले जानकारी दिए ।
सम्बन्धित खबर
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
विविधतायुक्त नेपाली समाज नै हाम्रो साझा सम्पत्तिः प्रदेश प्रमुख भट्ट
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन