साउदीको कम्पनीमा १०० नेपाली कामदारको माग, मासिक तलब र सेवा सुविधा कस्तो ?

साउदीको कम्पनीमा १०० नेपाली कामदारको माग, मासिक तलब र सेवा सुविधा कस्तो ?

Saudi arab

रोजगारीको प्रमुख गन्तव्य खाडी मुलुक साउदीको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साउदीको रियाद सहरमा रहेको KHIDMATI AL ARABIA LIMITED CO कम्पनीले १०० नेपाली पुरुष कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्ने सहित ३१ हजार माथि पाउनेछन् । इच्छुक कामदारले एस. आर. ग्रुप जि. आर. कन्सलटेन्सी प्रालिको कार्यालय सिनामंगल काठमाडौंमा असोज २१ गते अन्तरवार्ता दिनु पर्ने छ ।

हवाई टिकट, भिसा शुल्क निशुल्क, स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ