सेयर बजारको वृद्धि एक दिन पनि टिकेन, नेप्से ३२.५१ अंकले गिरावट

सेयर बजारको वृद्धि एक दिन पनि टिकेन, नेप्से ३२.५१ अंकले गिरावट

Share

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहिबार) सेयर बजारमा पुन: गिरावट आएको छ । तीन दिनपछि बुधबार बढेको बजारमा आज पुन: गिरावट आएको हो । लगातार घटिरहेको सेयर बजारमा बुधबार लागेको ‘ब्रेक’ एक दिन पनि टिन सकेन ।

पछिल्लो समय सेयर बजार दिनहुँजसो ओरालो लागिरहेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ३२.५१ अंकले घटेर २६३३.४२ बिन्दुमा पुगेको छ । आज सेन्सेटिभ ६.४१ अंकले बढेर ४९७.०५ बिन्दुमा पुगेको छ ।

बिहीबार कारोबार रकममा पनि भारी गिरावट आएको छ । आज कारोबार रकम ३ अर्बमा खुम्चिएको छ ।  बिहीबार १८६ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता सेयरहरू खरिद–बिक्री हुँदा कारोबार रकम तीन अर्ब ७० करोड ३० हजारमा सीमित भएको छ । यो साताको सुरुवाती तीन कारोबार दिनमा नै २०४ अंकको गिरावटपछि बुधबार नेप्सेमा ५० अंकको सुधार भएको थियो ।

आज ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्त, नेपाल फाइनान्स र मैलुङ्गखोला जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

बजार परिसूचकसँगै बिहीबार व्यापार, अन्य र म्युचुअल फन्डबाहेक सबै उपसूचकमा गिरावट भएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा १.०९ प्रतिशतको गिरावट हुँदा विकास बैंक उपसूचक सर्वाधिक ३.१८ प्रतिशत, हाइड्रोपावर उपसूचक २.८४ प्रतिशत र वित्त कम्पनी उपसूचक २.९८ प्रतिशतले घटेको छ ।

यता, व्यापार उपसूचकमा सर्वाधिक ३.९२ प्रतिशले वृद्धि हुँदा अन्य उपसूचक ०.२७ प्रतिशत र म्युचुअल फन्ड उपसूचक ०.१९ प्रतिशतले बढेको छ ।

बजारमा कारोबार रकम घट्दै जाँदा नेपाल बैंकको सर्वाधिक १२ करोडको सेयर किनबेच भएको छ । यस्तै, अपी पावरको १० करोड ८३ लाख, मेगा बैंकको १० करोड नौ लाख, हिमालयन डिस्टिलरीको नौ करोड ८५ लाख र नेपाल पुनर्बिमा कम्पनीको नौ करोड ४० लाखको सेयर किनबेच भएको छ ।

आज नेप्सेमा १८६ कम्पनीको सेयर कारोबारमा आएकोमा १४७ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ३३ कम्पनीको बढेको छ । ६ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज कारोबारमा आएका मध्ये नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त, र मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूलय १० प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ । यस्तै, रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य ६.०५ प्रतिशत र सिभिल लघुवित्तको सेयर मूल्य ५.२९ प्रतिशतले बढेको छ ।

यता, गुडविल फाइनान्सको सेयर मूल्यमा सर्वाधिक ६.८६ प्रतिशत, प्रिमियम इन्स्योरेन्सको सेयर मूल्य ६.२९ प्रतिशत र हिमालयन पावर पार्टनको सेयर मूल्य ६.२२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ