काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहिबार) सेयर बजारमा पुन: गिरावट आएको छ । तीन दिनपछि बुधबार बढेको बजारमा आज पुन: गिरावट आएको हो । लगातार घटिरहेको सेयर बजारमा बुधबार लागेको ‘ब्रेक’ एक दिन पनि टिन सकेन ।
पछिल्लो समय सेयर बजार दिनहुँजसो ओरालो लागिरहेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक ३२.५१ अंकले घटेर २६३३.४२ बिन्दुमा पुगेको छ । आज सेन्सेटिभ ६.४१ अंकले बढेर ४९७.०५ बिन्दुमा पुगेको छ ।
बिहीबार कारोबार रकममा पनि भारी गिरावट आएको छ । आज कारोबार रकम ३ अर्बमा खुम्चिएको छ । बिहीबार १८६ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता सेयरहरू खरिद–बिक्री हुँदा कारोबार रकम तीन अर्ब ७० करोड ३० हजारमा सीमित भएको छ । यो साताको सुरुवाती तीन कारोबार दिनमा नै २०४ अंकको गिरावटपछि बुधबार नेप्सेमा ५० अंकको सुधार भएको थियो ।
आज ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्त, नेपाल फाइनान्स र मैलुङ्गखोला जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
बजार परिसूचकसँगै बिहीबार व्यापार, अन्य र म्युचुअल फन्डबाहेक सबै उपसूचकमा गिरावट भएको छ । बजारलाई लिड गर्ने बैंकिङ उपसूचकमा १.०९ प्रतिशतको गिरावट हुँदा विकास बैंक उपसूचक सर्वाधिक ३.१८ प्रतिशत, हाइड्रोपावर उपसूचक २.८४ प्रतिशत र वित्त कम्पनी उपसूचक २.९८ प्रतिशतले घटेको छ ।
यता, व्यापार उपसूचकमा सर्वाधिक ३.९२ प्रतिशले वृद्धि हुँदा अन्य उपसूचक ०.२७ प्रतिशत र म्युचुअल फन्ड उपसूचक ०.१९ प्रतिशतले बढेको छ ।
बजारमा कारोबार रकम घट्दै जाँदा नेपाल बैंकको सर्वाधिक १२ करोडको सेयर किनबेच भएको छ । यस्तै, अपी पावरको १० करोड ८३ लाख, मेगा बैंकको १० करोड नौ लाख, हिमालयन डिस्टिलरीको नौ करोड ८५ लाख र नेपाल पुनर्बिमा कम्पनीको नौ करोड ४० लाखको सेयर किनबेच भएको छ ।
आज नेप्सेमा १८६ कम्पनीको सेयर कारोबारमा आएकोमा १४७ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ३३ कम्पनीको बढेको छ । ६ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।
आज कारोबारमा आएका मध्ये नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त, र मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूलय १० प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ । यस्तै, रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य ६.०५ प्रतिशत र सिभिल लघुवित्तको सेयर मूल्य ५.२९ प्रतिशतले बढेको छ ।
यता, गुडविल फाइनान्सको सेयर मूल्यमा सर्वाधिक ६.८६ प्रतिशत, प्रिमियम इन्स्योरेन्सको सेयर मूल्य ६.२९ प्रतिशत र हिमालयन पावर पार्टनको सेयर मूल्य ६.२२ प्रतिशतले घटेको छ ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ