पोखरा पावर हाउसबाट ५ किलो गाँजासहित युवक पक्राउ

पोखरा पावर हाउसबाट ५ किलो गाँजासहित युवक पक्राउ

ganja

पाँच किलो गाँजासहित एक युवकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।

धादिङ रोराङ गाउँपालिका–४ घर भएका २४ वर्षीय रोशन थोकरलाई पोखरा–३० पावर हाउसबाट प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले ग १ ख ९४०३ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार थोकरको साथबाट गाँजा फेला पारेको थियो ।

पक्राउ परेका थोकर उपर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ