पोखरामा जग्गा पास गराईदिने भन्दै २५ हजार ठग्न खोज्ने पक्राउ

पोखरामा जग्गा पास गराईदिने भन्दै २५ हजार ठग्न खोज्ने पक्राउ

ghus thagi pakrau

पोखरामा जग्गा गर्न कर्मचारीलाई घुस खुवाउनुपर्छ भन्दै सेवाग्राहीलाई ठग्न खोज्ने लेखापढी गर्ने पक्राउ परेका छन् । जिल्ला मालपोत कार्यालय कास्की नजिकै लेखापढी व्यवसाय गर्दै आएका पोखरा वडा नं. २३ घर भएका मातृका बस्ताकोटी २५ हजार ठगी गरेको आरोपमा पक्राउ परेका हुन् ।

पीडित व्यक्तिले प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरीले बस्ताकोटीलाई पक्राउ गरेको परेको कास्की प्रहरीले जनाएको छ । एचएमटी सेवा नामको कार्यालयबाट व्यवसायिक लेखापढीको काम गर्दै आएका बस्ताकोटीको साथबाट प्रहरीले २५ हजार फेला पारेको थियो ।

उनलाई अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds