राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगिता अन्तरगत घरेलु टोली डर्विमा स्पोट्र्स क्यासल विजयी भएको छ ।
पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा शुक्रबार भएको डर्विखेलमा स्पोट्र्स क्यासलले सविन मेमोरियललाई २–० ले हराउँदै अपराजित यात्रा कायमै राख्न सफल भएको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा सुरज गुरुङ र किशोर गुरुङले गोल गर्दै क्यासललाई जित दिलाए । सुरजले खेलको १७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । यस्तै किशोरले ३४ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।
जितसंगै क्यासलको ७ खेलबाट १९ अंक रहेको छ । सविनले पाएको अवसरको सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भएको हो । सविनको उत्कृष्ट ३ प्रहारमा पोष्ट बाधक बनेको थियो । हार पश्चात प्रशिक्षक राजेन्द्र तामाङले केही खेलाडीले भने अनुसार नखेलेको प्रतिक्रिया दिए । उनले क्यासल विरुद्धको खेल निकैनै प्रतिस्पर्धात्मक रहेको बताए । सविनको भने ७ खेलबाट १० अंक सहित तालिकाको पाँचौ स्थानमा रहेको छ ।
क्यासलका मुख्य प्रशिक्षक विष्णु गुरुङले आफूहरु पहिलो स्थानका लागि खेल्ने बताए । खेलको म्यान अफ दि म्याच क्यासलका गोलरक्षक विश्वास पौडेल घोषित भए ।
यस्तै शंखमुल फुटसल र मछिन्द्र स्काइ गोल्सले भने अंक बाडेका छन् । प्रतियोगिता अन्तरगत शुक्रबारको दोस्रो खेलमा शंखमुल र मछिन्द्रले २–२ गोलको बराबरी खेल्दै १-१ अंक बाडेका हुन् । शंखमुलको कुल ७ खेलबाट १५ अंक रहेको छ । खेलमा शंखमुलले अग्रता लिएपनि जित हात पार्न भने सकेन् ।
खेलको ८ औँ मिनेटमा क्रिजल खड्काले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता लिएपनि दोस्रो हाफमा भने मछिन्द्रले गोल गर्दै बराबरी ग-यो । २२ औँ मिनेटमा आशिष सुनमले गोल गर्दै बराबरी गरे । २७ औँ मिनेटमा अरुज सिंहलेले टोलीका लागि दोस्रो गोल गरेपनि मछिन्द्रका मिसोन गुरुङले ३० औँ मिनेटमा बराबरी गोल फर्काए । खेलको म्यान अफ दि म्याच शंखमुलका अरुज सिंह घोषित भए ।
शुक्रवारको अन्तिम खेलमा प्रभातफेरीले झरना युथ क्लबलाई ७–३ गोल अन्तरले हराएको छ । प्रभातफेरीको जितमा सिजन गुरुङले २ तथा धिरज जोशी, श्रीजेश पुरी,अखिलेस कार्की, नविन लामा र शान्ता लामाले एक–एक गोल गरे । झरनाका लागि प्रेम छन्त्याल र कप्तान जितेश गुरुङले गोल गरे । १ गोल भने झरनाले उपहार स्वरुप पायो । प्रभातफेरीका श्रीजेश पुरीले आत्मघाति गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच प्रभातफेरीका नविन लामा घोषित भए ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ