सर्पले डस्दा १३ वर्षीय बालकको मृत्यु

सर्पले डस्दा १३ वर्षीय बालकको मृत्यु

snake

महोत्तरी । महोत्तरीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ ।

गएराति सर्पले डसेर महोत्तरी गाउँपालिका–२ अनैठामा स्थानिय मदन रामका १३ वर्षीय छोरा आकाशको मृत्यु भएको हो ।

प्रहरीका अनुसार ओछ्यानमा सुतिरहेका अवस्थामा बालकलाई सर्पले डसेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा पु¥याइएको थियो ।

केन्द्रमा उपचार गरी घर फर्किदै गरेका अवस्थामा बालकको स्वास्थ्यस्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र अस्पतालमा नै बालकको मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ