पोखरा । नेपाल इन्जिनियर्स एशोसिएसन (एनईए) को गण्डकी प्रदेश समितिका लागि सिडेनद्वारा ई. बृजेन्द्र केसीको नेतृत्वमा प्यानलकै उम्मेदवारी दर्ता भएको छ । यही कार्तिक १३ गते हुने निर्वाचनका लागि सिडेनले केसीको नेतृत्वमा १५ सदस्यीय टोलीको मनोनयन दर्ता गरेको हो ।
नेपाली काँङ्ग्रेसको शुभेच्छुक संस्था सिडेनले आफूहरु इन्जिनियरको हकहितमा सधैँ अग्रणी भूमिका खेल्दै आएको र अब आउँदा दिनमा पनि सधैं यस्तै भूमिकामा देखा पर्ने प्रतिबद्धताका साथ चुनावमा होमिएको जनाएको छ ।
आसन्न निर्वाचनमा सिडेनद्वारा कुनै संगठनबीच गठबन्धन नगरिकन उम्मेदवारी दर्ता गराएको हो । उक्त समूहबाट एशोसिएनको गण्डकीबाट केन्द्रिय कार्यकारिणी समितिको सदस्यमा ई. रविन्द्र मुलले दर्ता गराएका छन् भने अध्यक्षमा ई. बृजेन्द्र केसी उठेका छन् ।
यस्तै, उपाध्यक्षमा ई. सन्तोष जिसी, सचिवमा ई. अञ्जन थापा, सह–सचिवमा ई. सुवर्ण श्रेष्ठ, कोषाध्यक्षमा खेमराज तिमिल्सिना रहेका छन् । यस्तै सदस्यहरुमा क्रमशः ईं. शिव गोशली, इ. सन्तोष काफ्ले, ई. राजिव सुवेदी, ई. यम कृष्ण पौडेल, ई. गणेश पाण्डे, ई. हेम गुरुङ, ई. रविन्द्र पौडेल, ई. विश्वास आचार्य, ई. सन्दीप बराम, ई. जयन्द्र भट्ट रहेका छन् ।

सम्बन्धित खबर
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
स्याङ्जामा चुनावी सरगर्मी: मतदान अधिकृतलाई चुनाव सामग्री र मतपत्र बुझाइयो
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
यो पनि पढौँ
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला