काठमाडौँ । सरकारले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ । गृहमन्त्रालयले २ सहसचिव र ५ उपसचिवसहित १६ जना कर्मचारीको सरुवा गरेको हो ।
इलाका प्रशासन कार्यालय टीकापुरमा कार्यरत मोहनराज जोशीलाई डडेल्धुरामा पठाइएको छ भने डडेल्धुरामा कार्यरत हरि प्रसाद घिमिरेलाई गृहमन्त्रालय सिंहदरबारमा तानिएको छ ।
मन्त्रालयले गृह मन्त्रालयमा कार्यरत सह–सचिव कमलराज ढकाललाई जिल्ला प्रशासन कार्यालय भोजपुरमा सरुवा गरेको छ ।
यस्तै, सह–सचिव जय नारायण आचार्यलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा सिडीओ बनाएर पठाइएको छ भने कास्कीमा प्रमुख जिल्ला अधिकारी रहेका थानेश्वर गौतम गृह मन्त्रालय तानिएका छन् ।
त्रिभुन अन्तराष्ट्रिय विमानस्थलमा कार्यररत प्रमुख अध्यागमन अधिकृत सुशील वैद्यलाई लमजुङको सीडीओ बनाएर पठाइएको छ ।
त्यस्तै डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोम बहादुर महत, मनाङमा रविन्द्र प्रसाद आचार्य, म्याग्दीमा चिरञ्जीवी राना, रसुवामा नवराज जैसी, तेह्रथुममा अनुज कुमार घिमिरेलाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।
लमजुङका सीडीओ होमप्रसाद लुईँटेल र रसुवाका सीडीओ इश्वरीप्रसाद ढकाललाई गृह मन्त्रालयमा ल्याइएको छ । इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव डोरेन्द्र निरौलालाई जगन्नाथदेवल काठमाडौँको जेलर बनाएर पठाएको गृह मन्त्रालयले जनाएको छ ।
कहाँ कसलाई पठाइयो

सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु