गोरखा कांग्रेसको सभापतिमा गगन निकट न्यौपाने

गोरखा कांग्रेसको सभापतिमा गगन निकट न्यौपाने

NandaPrasad Neupane

काठमाडौं । नेपाली कांग्रेसको गोरखा सभापतिमा नन्दप्रसाद न्यौपाने चयन भएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सर्वसम्मत सभापति चयन गरेको गोरखा कांग्रेसले न्यौपानेलाई सर्वसम्मत जिल्ला सभापति चयन गरेको हो ।

गोरखामा चीनकाजी श्रेष्ठसँग निकट रहेर राजनीति गरेका न्यौपाने अहिले श्रेष्ठसँगै संस्थापनमा रहन्छन् वा आफ्नो पुरानो समूहमै आवद्ध हुन्छन त्यो भने खुलेको छैन । नेता गगनकुमार थापा निकट न्यौपाने सोमबार सभापतिमा सर्वसम्मत भएका हुन्।

सभापति सर्वसम्मत भएपनि अन्य पदमा भने निर्वाचन हुने भएको छ। उपसभापति, सचिव र सहसचिवमा भोलि ८ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ।

नेपाल समय
सोमबार भएको उम्मेदवारी दर्तामा न्यौपानेको एकल उम्मेदवारी परेको थियो। यसअघि कांग्रेस गोरखाको सचिव रहेका उनी नेविसंघ गोरखाका दुई कार्यकाल अध्यक्ष समेत बनेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ