एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा पोखरा राइनोजले जित निकालेको छ । टियु क्रिकेट मैदानमा सोमबार पोखराले काठमाडौं किङ्स-११ लाई डीएल पद्दतिको आधारमा १४ रनले हराएको हो ।
पोखरासँग हारसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको छ । काठमाडौं ४ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । अब प्लेअफमा पुग्न काठमाडौंलाई अन्तिम खेल जित्नै पर्ने भएको छ । पोखरा भने यस अघि नै प्लेअफ पुगिसकेको छ । दोस्रो स्थानमा उक्लिएको पोखराले ५ खेलमा ७ अंक जोडेको छ ।
काठमाडौंले दिएको १ सय ८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पोखराले १५ ओभरमा ५ विकेट गुमाएर १ सय ४२ रन जोडेको थियो ।पोखरालाई जितको लागि ३० बलमा ४१ रन आवश्यक परेको अवस्थामा वर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल पुन: सुरु भएन र डीएलको आधारमा पोखराले जित निकालेको हो ।
वर्षाले खेल रोकिनु अघि पोखराका सहन अर्चाचिगेले ४३ रन बनाए। विवेक यादव ४१ रनमा अविजित रहदा लोकेश बम १८ रनमा अविजित रहे । रिचार्ड लेभी १७ रनमा आउट भए ।
काठमाडौंका जितेन्द्र मुखिया र गुलशन झाले २/२ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।
काठमाडौंका लागि अमित श्रेष्ठ र रायन बुर्लले अर्धशतक बनाए । अमितले ४१ बलमा ५६ रन जोड्दा दुई छक्का र ६ चौका प्रहार गरे । बुर्लले ४३ बलमा ५० रनको योगदान गरे । उनले तीन छक्का र दुई चौका हिर्काए ।
कप्तान सन्दीप लामिछानेले ३१ रनको योगदान गरे । ११ बल खेलेका लामिछानेले तीन छक्का र दुई चौका हाने । रहमानुल्लाह गुर्बाज १२, अमर रौटेला ७, असान प्रियन्जन ५, सुवास खकुरेल २ रन र राजु रिजाल शुन्य रनमा आउट भए । गुलशन झाले एक रन जोडे ।
पोखराका लागि विवेक यादवले सर्वाधिक तीन विकेट लिए । सहन अर्चाचिगे, बिक्रम सोब, नन्दन यादव र किशोर महतोले एक-एक विकेट लिए ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो