मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन

ipo

बुधवारदेखि सार्वजनिक निष्कासनमा आएको मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ खरिदका लागि ५ लाख ५२ हजार १६७ जनाले आवेदन दिएका छन् । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार बुधवार साझसम्म यी आवेदकहरुबाट ८८ लाख ९१ हजार ९७० कित्ताको लागि आवेदन परेको हो । पहिलो दिनमै कम्पनीको आईपीओ खरिदका लागि मागभन्दा बढी आवेदन परेको हो ।

कम्पनीले प्रति कित्ता अंकित मूल्य रू. १०० दरको ९० लाख कित्ता आईपीओमध्य ८१ लाख ९० हजार कित्ता आईपीओ सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागेको हो । कुल कित्ता मध्य ४ प्रतिशत दरको ३ लाख ६० हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरेको छ । पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ छिटो अवधि असोज २५ गतेसम्म मात्र विक्रीमा रहनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ