पोखरा । फिल्म पत्रकारिता गरिरहेका तथा यसप्रति रुची भएका पत्रकारहरुका लागि सञ्चालित फिल्म समीक्षा कार्यशाला उत्साहजनक सहभागिताका साथ बुधबार सकियाे । चलचित्र पत्रकार संघ, कास्कीले पत्रकारहरुको फिल्म समीक्षा लेखनमा दक्षता अभिवृद्धि हेतु काठमाण्डौदेखि श्रोत व्यक्ति निम्त्याएर यो प्रयोगात्मक कार्यशाला गरेको हो ।
नेपाली चलचित्र लेखनमा लामोसमयदेखि क्रियाशील राजेश गोंगजु, नेपाली फिल्मको पत्रकारितादेखि समीक्षक हुँदै अहिले निर्देशकसमेत रहेका दीपेन्द्र लामा र चलचित्र लेखन, प्राध्यापन र पत्रकारिता गरिरहेका सामिप्यराज तिमल्सेनाले यहाँका ३ दर्जन बढी पत्रकारहरुलाई फिल्म कसरी हेर्ने, कसरी बुझ्ने ? के लेख्ने, के नलेख्ने ? समीक्षा के हो ? कसरी लेख्ने सम्बन्धमा दुई दिनसम्म अनुभव आदानप्रदान गरे ।

कार्यशालामा तीन सहजकर्ताले तीन फरक विषयमा सहजीकरण गरे । गोंगजुले फिल्म कला भएकाले कलालाई बुझ्ने तरिकाबारे जानकारी गराएका थिए । हलिउड, कोरियन फिल्म देखाएरै उनले फिल्मका विशेषता सम्बन्धमा प्रशिक्षण दिए ।
पत्रकार तिमल्सेनाले फिल्म पत्रकारिता र फिल्म पत्रकारले गर्ने रिपोर्टिङ सम्बन्धमा गहिरो गरी बुझाए । फिल्म पत्रकारिताका नाममा मनोरञ्जन पत्रकारिता, गसिप र उडन्ते कुराहरुमा कसरी बहकिएका छौँ ? भन्नेबारे दृष्टान्तसहित सहजीकरण गरे ।
समीक्षक तथा निर्देशक लामाले समीक्षाका आवश्यकीय तत्वहरुबारे मसिनो गरी बुझाए । चलचित्र पत्रकार संघ, कास्कीका अध्यक्ष अरुण गिरीले आफू नेतृत्वमा आएपछि यो एउटा ड्रिम प्रोग्राम साेचेकाले सबै प्रशिक्षक तथा सहयोगी संघसंस्थाको साथ-सहयोगले सफल भएको महसुस गरेको सुनाए ।

कास्कीको नौंडाँडा स्थित हिमालयन देउराली रिसोर्टमा सञ्चालित कार्यशालाले फिल्म हेर्नदेखि फिल्मबारे लेख्नसम्म सहयोग पुगेको सहभागीहरु ईश्वर देवकोटा र ज्योति हमालले अनुभव सुनाए ।
श्रोत व्यक्ति परिचयः
राजेश गोङ्गजु
राजेश गोङ्गजु नेपाली चलचित्र लेखनमा लामो समय देखि सक्रिय छन् । गोङ्गजु फेडेरेशन अफ फिल्म सोसाईटी नेपालका अध्यक्ष हुन् । फिल्मका राम्रो ज्ञाता मानिने गोङ्गजुले गुडबाई काठमाण्डु जस्ता चलचित्रमा काम गरेका छन् ।

दीपेन्द्र लामा
नेपाली चलचित्र क्षेत्रमा २ दशक भन्दा बढि समय बिताएका दीपेन्द्र लामा सफल निर्देशक, समीक्षक र चलचित्र पत्रकार हुन् । लामा समीक्षक समाज नेपालको अध्यक्ष पनि हुन् । घामपानी, गोपी र छ माया छपक्कै उनी निर्देशित चलचित्रहरु हुन् । उनले दुई दशकसम्म विभिन्न मिडियामा आवद्ध रहेर फिल्म समीक्षा गरेका छन् ।

सामिप्यराज तिमल्सेना
पेशाले प्राध्यापक भए पनि सामिप्यराज तिमल्सेना लामो समयदेखि पत्रकारिता, चलचित्र समीक्षा र चलचित्र लेखनमा सक्रिय छन् । तिमल्सेना समीक्षक समाज नेपालका उपाध्यक्ष हुन् । गोपी, ड्रिम्स, नाई नभन्नु ल सिरिज, क्याप्टेन, नोभेम्बर रेन जस्ता सफल चलचित्र उनले लेखेका हुन् ।

थप तस्वीरहरु:



सबै तस्वीरहरुः सिद्धार्थ गौतम/Leap Events
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु