पाेखराका धनु पुरन थकालीकाे बेलायतमा निधन

पाेखराका धनु पुरन थकालीकाे बेलायतमा निधन

FB_IMG_1633601339418

पाेखराका धनु पुरन थकालीकाे बेलायतमा निधन भएकाे छ । केही समयअघिदेखि अस्वस्थ रहेका थकाली सहारा यूकेका महासचिव हुन् ।
यूके अल्डरशटस्थित आफ्नै निवासमा थकालीको ५१ वर्षको उमेरमा निधन भएको जनाइएकाे छ । थकालीको नेपाली समय बिहिबार बिहान साढे ११ बजे निधन भएकाे हाे ।

मुस्ताङ जिल्ला घरपझोङ–३ स्याङ पुर्ख्याैली थलाे भएका थकाली परिवारकाे घर पाेखरा नागढुंगामा छ । जहाँ थकालीका बुवाअामा बस्दै अाएका छन् ।

थकाली श्रीमती, छाेरा र छाेरीसँगै हाल यूकेकाे अल्डरशटमा बस्दै आएका हुन् । खेलप्रेमी र समाजसेवी थकालीकाे निधनबाट अाफन्त, ईस्टमित्र, खेल सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरूले शाेक व्यक्त गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ