फुनेसोले दशैं शुभकामना तथा साहित्यिक-सांस्कृतिक कार्यक्रम गर्दै

फुनेसोले दशैं शुभकामना तथा साहित्यिक-सांस्कृतिक कार्यक्रम गर्दै

funeso dashai 1

फुकुओका नेपाल सोसाईटीले नेपालीहरुको महान पर्व बडा दशैंको अवसर पारेर शुुभकामना आदन–प्रदान तथा साहित्यिक सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ ।

१९९५ सालमा स्थापित सोसाईटी सुरुवाती कालमा दशैँमा नेपालीहरु एकै ठाउँमा जम्मा भई टीका लगाउने र शुभकामना आदान–प्रदान कार्यक्रम गरेको सम्झना फुकुवोकाबासी नेपालीलाई अझै छ । त्यस समयदेखि नै सम्भव भएसम्म बडादशैंका अवसरमा नेपालीहरु भेला भई रमाईलो कार्यक्रम गरी एकापसमा शुभकामना साटासाट गर्दै आएका छन् ।

यसपटक पूरानो झल्को प्रत्यक्ष भेटघाट कार्यक्रम गरी नै मेटाउने धोको राखेकोमा कोरोना महामारीका कारण सम्भव नभएकाले अनलाइन मार्फत कार्यक्रम गर्ने अध्यक्ष माधव सिग्देल बताउँछन् ।

सप्तमी अर्थात् फूलपातीको दिन असोज २६ गते (अक्टोबर १२) का दिन कार्यक्रम हुनेछ । नेपाली समयानुसार दिउँसो पौने ४ बजे र जापानी समयानुसार बेलुकी ७ बजेबाट कार्यक्रम सुरु हुने सचिव अशोक सेढाईंले जानकारी दिए ।

कार्यक्रम संयोजक सुजन केसीका अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको भर्चुअल मार्फत नै प्रमुख आतिथ्यता रहनेछ । कार्यक्रममा चर्चित गायक रामजी खाँड, रामकृष्ण बम मल्ल, राजेन्द्र कंडेल लगायतका कलाकारको उपस्थिति रहने छ ।

साथै, चर्चित गजलकार प्रदिप रोदनसंगै अन्य साहित्यकारको प्रस्तुति समेत रहनेछ । उक्त कार्यक्रम संस्थाको अफिसियल पेज, मिडियाहरु दृष्टिपथ, भिजन अनलाइन, नेपालन्यूज पोष्ट प्लेटफर्मबाट लाइभ हुनेछ । अनलाइन पार्टनरमा गण्डकन्यूज डटकम पनि रहेको छ ।

फुनेसोले केही साता अघि मात्रै अनलाइन तीज नृत्य प्रतियोगिता कार्यक्रम भर्चुअलमार्फत् नै गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ