लेखनाथस्थित पावरहाउसबाट अवैध लागु औषधसहित एक व्यक्ति पक्राउ

लेखनाथस्थित पावरहाउसबाट अवैध लागु औषधसहित एक व्यक्ति पक्राउ

arrest

कास्की प्रहरीले अवैध लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्लामा लागु औषधको कारोवार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीको टोलीले अवैध लागु औषधसहित एक व्यक्तिलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रुपन्देही जिल्ला ओमसतिया गाउँपालिका -५ बस्ने ३७ वर्षीय हरिहर लोध छन्।

कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार गगनगौंडा पावरहाउस स्थित सवारी चेकजाँच गर्ने क्रममा प्रहरीले उनको साथबाट डाईजापाम १५८ एम्पुल, नुर्फिन १५८ एम्पुल, फेनेरागन १५९ एम्पुल गरी जम्मा ४७५ एम्पुल लागु औषध र नाईट्रोभ्याट ट्याब्लेट १३५ चक्की वरामद गरेको हो।

पक्राउ परेका उनीमाथि लागु औषध सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता हमालले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ