बुटवलको मोतीपुरमा प्रहरी र स्थानीयबीच झडप हुँदा एक जनाको मृत्यु

बुटवलको मोतीपुरमा प्रहरी र स्थानीयबीच झडप हुँदा एक जनाको मृत्यु

Butwal_Jhadap

रुपन्देही । रुपन्देहीको बुटवलअन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरी र स्थानीयबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्यु भएको छ।

सुकुम्बासीका नाममा औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्नेहरुलाई हटाउने क्रममा झडप भएपछि सशस्त्र प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्यु भएको हो।

दुई पक्षबीच झडप हुँदा घाइते भएका पाँच जनामध्ये एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । मृत्यु हुनेको पूर्ण पहिचान भने खुलेको छैन ।

गत फागुनमा शिलान्यास गरिएको औद्योगिक क्षेत्रमा अतिक्रमण बढेको भन्दै सरकारले अस्थायी रुपमा सशस्त्र प्रहरीलाई बसाउने निर्णय गरेको थियो ।

सरकारको निर्णय अनुसार सशस्त्र प्रहरीले ठाउँ खाली गराउने क्रममा आइतबार जग्गामा बस्दै आएकाहरु विरोध प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनकारीले ढुंगा–मुडा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन केही राउण्ड फायर भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ