पछिल्लो ४८ घण्टामा गण्डकीका १७६ जनामा कोरोना पुष्टि, १०० कोरोनामुक्त

पछिल्लो ४८ घण्टामा गण्डकीका १७६ जनामा कोरोना पुष्टि, १०० कोरोनामुक्त

1

पछिल्लो ४८ घण्टामा गण्डकीका १७६ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो ४८ घण्टामा गण्डकीका ७७२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १०१ जना, तनहुँका सात जना, गोरखाका १५ जना, लमजुङका दुई जना र नवलपुरका छ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, स्याङ्गजाका २४ जना, पर्वतका तीन जना, बाग्लुङका १२ जना र म्याग्दी जिल्लाका छ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८६ हजार ४४९ पुगेको छ ।

पछिल्लो ४८ घण्टामा गण्डकीबाट १०० जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ८३ हजार ९७४ पुगेको छ। गण्डकीमा हाल सक्रिय संक्रमितको संख्या ११०२ छ।

गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३७३ पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ